Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यो मुलुकको प्रधानमन्त्री ओली हिटलर हो ? भन्दै रायमाझीले दिए प्रम ओलीलाई सविधान उपहार

यो मुलुकको प्रधानमन्त्री ओली हिटलर हो ? भन्दै रायमाझीले दिए प्रम ओलीलाई सविधान उपहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २३, २०७७ बिहिवार • १५:३२:०१ बजे
  • 1.9K
    SHARES
  • यो मुलुकको प्रधानमन्त्री ओली हिटलर हो ? भन्दै रायमाझीले दिए प्रम ओलीलाई सविधान उपहार
    प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन गुमेको भण्डै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले टिप्पणी गरेका छन् ।

    बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान विपरित गएर संसद विघटन गरेकोप्रति आपत्ती जनाउँदै उणले त्यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री हुन योग्यता चाहिने भन्दै रायमाझीले संविधानको नियम विपरित कामकारबाही गरेर मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमेको आरोप लगाएका हुन् ।

    त्यस्तै प्रधानमन्त्रीले हरेक क्रियाकलापमा राष्ट्रपतिलाई समावेश गरेको भन्दै आपत्ती जनाएका छन् ।

    उनले भने, “आज तानसाहीको भरमा हिँडदा राष्ट्रपति विवादित हुनुभयो प्रधानमन्त्री को हो यो मुलुकको ? प्रधानमन्त्री ओली हिटलर हो ?”

    नेकपाले भ्रष्ट्राचारी नेतालाई जोगाउन लाग्दा नेकपा दुर्घटनामा परेको बताए । प्रधानमन्त्री ओलीले संविधान नै नपढी असंवैधानीक कदम गरेको भन्दै संविधान पढ्न समेत सुझाव दिएका छन् ।

    रायमाझीले नेपालको संविधान उपहार पठाएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत् प्रधानमन्त्री ओलीलाई उनले आज संविधान उपहार पठाएका हुन्।‘संविधान नेपालीमा लेखेको छ। प्रधानमन्त्रीले नेपालीमा पढ्न नजाने अंग्रेजीमा पनि छ सल्लाहकारले हेरे हुन्छ,’ उनले भने, ‘मध्यावधि निर्वाचन गर्न मिल्दैन। अध्यक्षमार्फत् म संविधान प्रधानमन्त्रीसम्म पुगोस् भन्ने चाहन्छु। म अध्यक्षलाई संविधानको किताब बुझाउँछु।’

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology