Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या करोड तीन लाख ९५ हजारभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या करोड तीन लाख ९५ हजारभन्दा बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १६:२५:३४ बजे
  • 973
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या करोड तीन लाख ९५ हजारभन्दा बढी

    सिन्ह्वा । भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २० हजार ३ सय ४६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख ९५ हजार ४६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

    images

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय २२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ३ सय ३६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा १ करोड १६ हजार ८ सय ५९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख २८ हजार ८३ सक्रिय संक्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६ सय ५४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ८४ लाख ९ सय ९५ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार एक दिनमा ९ लाख ३७ हजार ५ सय ९० जनाको कोभिड–१९ परीक्षण गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # भारतमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology