प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चालेको कदम संसद विघटन मात्र भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको कदम संसद विघटन संविधान विघटनको एउटा प्रयास भएको उल्लेख गरे । ओलीले गणतन्त्र र संविधानमाथि प्रक्रियागत रुपमा प्रहार गर्दै लगेको बताउँदै यो अहिलेको कदमको जिम्मेवारी सबै राजनीतिक दल र तिनका नेताहरुले लिनुपर्ने बताए ।
तीन वर्षमा ओली सरकाले गरेको विभिन्न काममा चुप लाग्दै र रमाउँदै बस्दा अहिले ओलीले कदम चालेको बताए ।