Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैंकमा पैसा झिक्न मरेको लाश पुग्यो, कर्मचारीको भयो भागाभाग

बैंकमा पैसा झिक्न मरेको लाश पुग्यो, कर्मचारीको भयो भागाभाग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७७ बिहिवार • १७:५३:५६ बजे
  • 2.7K
    SHARES
  • बैंकमा पैसा झिक्न मरेको लाश पुग्यो, कर्मचारीको भयो भागाभाग
    एजेन्सी / आजभोली प्राय सबै मानिससँग बैंकमा खाता खोलिएको छ । तर कुनै पनि खातावालाले उत्तराधिकारी राखेका छैनन् भने निकै ठूलो समस्या आउन सक्छ खातावालको मृत्यु पछि ।

    भारतको बिहारमा यस्तो एउटा घटना सार्वजनिक भएको छ कि ५ जनवरीमा मृत्यु भएका महेश यादव नामका व्यक्तिको अन्तिम संस्कार गर्ने पैसा भएन । त्यस पछि स्थानीयहरु उनको खातामा पैसा रहेको भन्दै बैंकको शाखामा पुगे तर बैंकका कमचारीले केवाईसी अपडेट नभएको र नोमिनी नभएको भन्दै पैसा दिन ईन्कार गरे ।

    लामो रस्साकस्सी पछि स्थानीयले मृतक महेशको लाश नै बोकेर बैंकमा गए । त्यस पछि बैंकका कर्मचारीको भागाभाग भयो ।
    यो भारतको बिहारको राजधानी पटनाको घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।केनरा बैंकमा मृतक महेशको खातामा एक लाख बढी रकम रहेको बताईएको छ ।

    लाश नै बैकमा ल्याईए पछि तीन घण्टा सम्मको विवाद हुदा समेत बैकले पैसा दिएन तर म्यानेजरले आफ्नो तर्फबाट १० हजार रुपैया दिए पछि स्थानीय शान्त भएर त्यो लाश लिएर दाहासंस्कार गर्न फर्किएका थिए ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology