Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

संसद भवन आक्रमणको निन्दा गर्न बाध्य भए ट्रम्प (भिडियोसहित)

संसद भवन आक्रमणको निन्दा गर्न बाध्य भए ट्रम्प (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • ११:०८:३६ बजे
  • 2.4K
    SHARES
  • संसद भवन आक्रमणको निन्दा गर्न बाध्य भए ट्रम्प (भिडियोसहित)

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै संसद भवनमा भएको हिंसात्मक आक्रमणको निन्दा गरेका छन । हिंसा भड्किएको २४ घण्टापछि राष्ट्रपति ट्रम्पले भिडियो ट्विट गरेका हुन ।

    images

    उनले भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका छन्। साथै उनले आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको पनि बताएका छन्।

    उनले भिडियोमा भनेका छन्, ‘म संसदमा भएको हिंसा बारे शुरुमा कुरा राख्न् चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु। मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिएं।’

    तर कतिपय सञ्चार माध्यमहरुले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन्। ट्रम्प त्यसको विरोधमा रहेको समाचारहरुमा बताइएको थियो ।

    ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने बताएका छन्। उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि बताएका छन्।

    उनले भने, ‘जो मानिसहरु हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारवाही भोग्नुपर्छ।’

    राष्ट्रपति ट्रम्पले भिडियो सन्देशमा आफू ‘व्यवस्थित’ रुपमा सत्ता हस्तान्तरण गर्नका लागि तयार रहेको बताएका छन्।

    उनले भनेका छन्, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचारु, सुव्यवस्थित र निर्वाध रुपमा सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु।’

    अमेरिकी संसदमा भएको हमलापछि ट्रम्प ट्विटरमा फर्केका छन्। तर फेसबुक, इन्स्टाग्राम लगायतका उनका अकाउन्ट अझै बन्द गरिएका छन्।

    यसअघि ट्रम्प सामाजिक सञ्जालमार्फत समर्थकहरुलाई अमेरिकी चुनावको नतिजा नमान्न अपील गरिरहेका थिए। समर्थकहरुलाई भड्काएका कारण संसदमा हमला भएको आरोप पनि ट्रम्पलाई लागेको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology