Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा प्रचण्ड नेपाल पक्षको मंगला गा.पा २ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला

नेकपा प्रचण्ड नेपाल पक्षको मंगला गा.पा २ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २४, २०७७ शुक्रवार • १३:४६:०४ बजे
  • 1.7K
    SHARES
  • नेकपा प्रचण्ड नेपाल पक्षको मंगला गा.पा २ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला
    म्याग्दी - नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधब) पक्ष म्याग्दीले मंगला गा.पा २ मा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

    देशको पछिल्लो राजनितिक घटनाक्रम,संसद बिघटन हॅुदै पार्टी बिभाजन सम्मको बिषयमा पार्टीको स्थानिय तह सम्मका कार्यकर्ताहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा भित्रका वडाहरु बाट कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 
    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका जिल्ला नेता टेकबहादुर बिकले केपी वलीको नोकरशाही प्रबृत्तिका कारण पार्टी एकता टॅुगोमा नपुग्दै बिभाजनको दिशामा गएको बताएका छन ।

    विकले प्रधानमन्त्री र राष्ट्रपतिको असंबैधानिक कदमले गर्दा लामो सघॅर्षबाट आएको परिबर्तन संकटमा पर्न लागेको भन्दै परिबर्तन जोगाउनका लागी सबैलाई एकजुट अनुरोध समेत गरेका छन । भेलामा पुनम खड्का ,याम रोका अर्जुन शाही र गौदेवी पुर्जाले समेत आ आफ्ना धारणाहरु राखेका थिए ।

    कार्यक्रम नेकपाका नेता कुलप्रसाद पुनको अध्यक्षता भएको थियो भने कार्यक्रम बालकृष्ण पुर्जाले सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड नेपाल पक्षमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology