Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १३:४८:२८ बजे
  • 1.7K
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट

    लगातार उकालो लागेको सुनको मूल्य दुई दिनयता सामान्य रूपमा घट्न थालेको छ। अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ भएको छ।

    images

    गत साताको अन्तिम दिन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको मूल्य आइतबार स्थिर थियो। सोमबार तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो। मंगलबार पुनः ११ सय रुपैयाँले बढेको थियो।

    गत बुधबार पुनः ३ सय रूपैयाँले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा पुगेको थियो। बढ्ने क्रममा ब्रेक लाग्दै बिहीबार १३ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। एक सातामा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ।

    चाँदीको मूल्य शुक्रबार स्थिर छ। गत साताको अन्तिम दिन प्रतितोला १३ सयमा कारोबार भएको थियो। गत सोमबार तोलामा २५ रुपैयाँले बढेको थियो। मंगलबार १० र बुधबार ५ रूपैयाँको सामान्य वृद्धि भएको थियो। बिहीबार १० रुपैयाँले घटेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो । एक सातामा चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९०८.९७ डलर र चाँदी प्रतिऔंस २७.०३ डलरमा कारोबार भएको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology