Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पार्टीको अध्यक्ष आफू मात्र रहेको ओलीको दावी

पार्टीको अध्यक्ष आफू मात्र रहेको ओलीको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १५:२६:१० बजे
  • 1.4K
    SHARES
  • पार्टीको अध्यक्ष आफू मात्र रहेको ओलीको  दावी

    नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देश र जनताको पक्षमा लड्ने पार्टी भएको बताएका छन् । सो पार्टीको अध्यक्ष आफू मात्र रहेको दावी गरेका छन् ।

    images

    नेकपाले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले नेकपा नेपाली जनताको पार्टी भएको सो पार्टीको अध्यक्ष आफू रहेको बताए । उनले भने, ‘यो पार्टी नेपाली जनता हो, यो पार्टीको अध्यक्ष म हुँ ।’

    नेकपामा प्रचण्डलाई आफूले काम लाग्छ कि भनेर ल्याएको भन्दै काम नलागेको उनले बताए । उनले भने, ‘काम लाग्छ कि भनेर प्रचण्डलाई मैले पार्टीमा ल्याएको थिएँ, धेरै डल्ला साबुन सिद्दियो, पानी सिद्दियो, जस्ताको जस्तै ।’

    प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै उनले नेताहरु परिवर्तन हुन नसकेको आरोप लगाए । उनले नेताहरुले आफ्ना नातागोताका लागि र आफ्नो स्वार्थका लागि मात्र काम गरेको आरोप लगाए । उनले भने, ‘मन परिवर्तन गर्नुस, मानसिकता परिवर्तन, देशतिर फर्काउनुस, देश विकास गराउनेतिर लगाउनुस, उहाँहरुको ध्यान कता छ ?’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology