Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठायो

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १५:२८:१६ बजे
  • 1.2K
    SHARES
  • प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठायो

    तिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ।

    images

    नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ।

    नेकपाकाठमाडौं जिल्ला कमिटीका इञ्चार्ज सावित्रा भुसालले केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन्।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विरोधपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology