Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितको एकदिनको संख्यामा 'रेकर्ड ब्रेक :पछिल्लो २४ घन्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित

कोरोना संक्रमितको एकदिनको संख्यामा 'रेकर्ड ब्रेक :पछिल्लो २४ घन्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • ०८:५३:३५ बजे
  • 1.2K
    SHARES
  • कोरोना संक्रमितको एकदिनको संख्यामा 'रेकर्ड ब्रेक :पछिल्लो २४ घन्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित

    एजेन्सी । कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै भएको छ । दुई दिनअघि २ लाख १३ हजार संक्रमित फेला परेकामा पछिल्लो २४ घन्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित भएका छन् । यो एकदिनमा देखिएको अहिलेसम्मकै धेरै संख्या हो ।

    images

    संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकाका ६१ हजार ६७ रहेका छन् । अमेरिकामा लगातार दुई दिन दैनिक ६१ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४२ हजार ९ सय ७, भारतमा २५ हजार ७ सय ९०, दक्षिण अफ्रिकामा १३ हजार ७ सय ७४, रसियामा ६ हजार ५ सय ९ र मेक्सिकोमा ६ हजार ९ सय ९५ जना संक्रमित फेला परेका छन् ।

    पछिल्लो २४ घन्टामा संसारभर ५ हजार ४ सय ४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार १ सय ९९ जनाको मृत्यु भएको छ अमेरिकामा ९ सय ६० र मेक्सिकोमा ७ सय ८२ जनाको ज्यान गएको छ । छिमेकी देश भारतमा ४ सय ७९ जनाको मृत्यु भएको छ ।

    यसैबीच संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विभिन्न देशले लकडाउन खुकुलो बनाएका र स्वास्थ्य सुरक्षा सतर्कता नअप्नाएका कारण संक्रमण थप तिब्र गतिमा फैलिने चेतावनी दिएको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्युएचओले सकभर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र घरबाटै काम गर्न सम्भवभएसम्म घरबाटै काम गर्न सुझाव पनि दिएको छ ।

    डब्ल्युएचओले घर बाहिर निस्किनका लागि मास्कको प्रयोग, सामाजिक दूरी र सेनिटाइजर तथा हातको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology