Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अस्पतालमा भीषण आगलागी हुँदा १० जना नवजात शिशुहरुको मृत्यु

अस्पतालमा भीषण आगलागी हुँदा १० जना नवजात शिशुहरुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • ०९:४६:२८ बजे
  • 1.5K
    SHARES
  • अस्पतालमा भीषण आगलागी हुँदा १० जना नवजात शिशुहरुको मृत्यु

    एजेन्सी । भारतको महाराष्ट्रस्थित जिल्ला अस्पतालमा भीषण आगलागी हुँदा १० जना नवजात शिशुहरुको मृत्यु भएको छ ।

    images

    गएराती २ बजे विद्युत शर्ट सर्किट हुँदा आगलागी भएको हो ।

    अस्पतालका सिभिल सर्जन डा.प्रमोद खंडातेका अनुसार १७ जना नवजात शिशुहरु राखिएको अस्पतालको बच्चा वार्डबाट गएराती धुँवा आएको देखिएपछि आगलागी भएको थाहा भएको थियो ।

    विद्युत शर्ट सर्किटका कारण अस्पतालको सिक न्युबर्न केयर युनिट (SNCU) मा आगो लागेको बताइएको छ ।

    धुँवा आएको देखेपछि नर्स र अस्पतालका अन्य कर्मचारीहरु वार्डमा पुग्दा १० जना शिशुहरुको मृत्यु भैसकेको थियो ।

    अग्नी नियन्त्रकहरु तथा अन्य उद्धारकर्मीहरुको सहयोगमा ७ जना शिशुहरुको जिवितै उद्धार गरिएको छ ।

    यो वार्डमा तौल निकै कम भएका तथा गम्भीर स्वास्थ्य अवस्था भएका शिशुहरुलाई मात्रै राखिन्छ ।

    मृत्यु भएका नवजात शिशुहरुका परिवारले अस्पतालको लावरवाहीका कारण घटना भएको भन्दै छानविनको माग गरेको न्युज एजेन्सी एएनआइले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology