Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

 कोरोनाभाइरसकाे नयाँ फैलावट बढेसँगै बेलायतमा हालसम्मकै सर्वाधिक मृत्यु

 कोरोनाभाइरसकाे नयाँ फैलावट बढेसँगै बेलायतमा हालसम्मकै सर्वाधिक मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • ०९:५४:२० बजे
  • 1.1K
    SHARES
  •  कोरोनाभाइरसकाे नयाँ  फैलावट बढेसँगै बेलायतमा हालसम्मकै सर्वाधिक मृत्यु

     कोरोनाभाइरसकाे नयाँ प्रकारकाे फैलावट बढेसँगै बेलायतमा हालिसम्मकै सर्वाधिक दैनिक मृत्यु रेकर्ड गरिएकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डाेमिटर्सका अनुसार  बेलायतमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय २५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । यससँगै बेलायतमा कोरोना भाइरसका कारण  ज्यान गुमाउनेको संख्या ७९ हजार ८३३ पुगेको छ ।

    images

    शुक्रबार त्यहाँ एकै दिनमा  ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २९ लाख ५७ हजार ४७२ पुगेकाे छ । तर १३ लाख ६४ हजार ८२१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

    अहिलेसम्म सर्वाधिक संक्रमित तथा मृत्यु संख्या भने संयुक्त राज्य अमेरिकामा छन् । त्यहाँ पनि पछिल्लाे समय संक्रमण तथा मृत्युदर बढिरहेकाे छ । शुक्रबार अमेरिकामा ३ लाख १ हजार ६५५ संक्रमित थपिँदा ३ हजार ९१४ संक्रमितले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology