Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १०:५३:५२ बजे
  • 1.1K
    SHARES
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्कालै पदबाट हट्न दबाब बढेकाे छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले  ट्रम्पले तत्काल ह्वाइट हाउस छाड्न आग्रह गरेकी छन् ।

    ट्रम्पले तत्काल राष्ट्रपति कार्यालय खाली नगरे उनीमाथि महाअभियोग लगाइने चेतावनी सभामुख पेलाेसीले दिएकी छन् । उनीमाथि नछाडे संसदमा आक्रमण गराएको घटनामा अभियाेग लगाउन सकिने पेलाेसीकाे भनाइ छ । स्वेच्छाले नहटे संसदले कारबाही थाल्ने भन्दै पेलोसीले बेलैमा पद त्याग्न चेतावनी दिएकी हुन् ।

    न्यान्सीले ट्रम्पले खतरनाक देशद्रोहको काम गरेको भन्दै रिपब्लिकन सांसदहरुले पनि ट्रम्पलाई अब तत्कालै पदबाट निस्कन दबाब दिनुपर्ने बताइन् । हुन त ट्रम्पकाे कार्यकाल यसै पनि जनवरी २० मा सकिन लागेकाे छ । तर उनले सजिलै पद छाड्न अस्वीकार गरेमा र संसद हमलाकाे घटनाजस्तै अन्य घटना दाेहाेरिन सक्ने त्रास समेत फैलिएकाे छ ।

    पेलाेसीले भने हालै भएकाे संसद आक्रमणमा संलग्न जाेसुकैमाथि कानुनी कारबाही गरिने जनाएकी छन् । उनले साे घटनाका क्रममा  मारिएका एक प्रहरी अधिकारीको सम्मानमा संसदको झण्डा आधा झुकाउन पनि निर्देशन दिएकी छन् । अहिलेसम्म संसद आक्रमणकाे घटनामा १ प्रहरीसहित ५ जनाले ज्नान गुमाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology