Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपाको ओली र प्रचण्ड-नेपाल समूह तथा कांग्रेसको छुट्टाछुट्टै प्रदर्शन

नेकपाको ओली र प्रचण्ड-नेपाल समूह तथा कांग्रेसको छुट्टाछुट्टै प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १४:१५:५९ बजे
  • 1.6K
    SHARES
  • नेकपाको ओली र प्रचण्ड-नेपाल समूह तथा कांग्रेसको छुट्टाछुट्टै प्रदर्शन

    प्रधानमन्त्रीको प्रस्ताव र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली राजनीतिको माहौल एकाएक बदलिएको छ ।

    images

    कोरोना महामारीको समेत वास्ता नगरी राजतीनिक दलहरु सभा, बैठक तथा गोष्ठीहरुको आयोजना भइरहेको छ । सत्तारुढ नेकपाकै एउटा समूह प्रचण्डमाधव समूह सडकमा सरकार र संसद विघटनको विरोधमा आन्दालन गरिरहेको छ ।

    सत्तारुढ नेकपाको ओली समुह भने आगामी चुनावको तयारी भन्दै विभिन्न भेला तथा जनसभा गर्दै हिँडिरहेको छ । यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सरकारको कदमको विरोधमा सडक संघर्षलाई अगाडि बढाइरहको छ ।

    आज प्रधानमन्त्री ओलीले प्रज्ञा भवनमा युवा संघ नेपालको बागमती प्रदेशले आयोजना गरेको भेलामा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको सम्बोधनअघि काठमाडौंका विभिन्न स्थानबाट ओली समर्थक युवाले र्याली पनि निकालेका छन् ।

    यस्तै कांग्रेसको पनि प्रदर्शनी मार्गमा जनसभा तथा विरोध कार्यक्रम रहेको छ । त्यहाँ पनि कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने बृहत विरोध सभा आयोजक समितिले जनाएको छ ।

    यता नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले पनि चरणवद्ध विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । चावहिलमा हुने प्रशिक्षण सभामा प्रचण्ड, झलनाथ खनाललगायतका नेताहरु सहभागी हुँदैछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology