Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संवैधानिक निकायका पदाधिकारीलाई ओलीकाे धम्की,आफ्नो पक्षमा निर्णय गर्न दबाब

संवैधानिक निकायका पदाधिकारीलाई ओलीकाे धम्की,आफ्नो पक्षमा निर्णय गर्न दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १४:४९:३६ बजे
  • 1.6K
    SHARES
  • संवैधानिक निकायका पदाधिकारीलाई ओलीकाे धम्की,आफ्नो पक्षमा निर्णय गर्न दबाब

    असंवैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरुमा धम्क्याउदैं आफ्नो पक्षमा निर्णय गर्न दबाब दिने गरेका छन्। रिक्त रहेका संवैधानिक निकायमा हालै आफू निकट मान्छे भर्ती गरेका उनले ति निकायलाई प्रभावित पार्न विभिन्न हत्कण्डा अपनाउने गरेको श्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई धम्क्याएर आफनो पक्षमा निर्णय गर्न दबाव दिएको पाइएको छ।

    images

    ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आफनो निर्वाचन चिन्ह सूर्य र पार्टीको नाम अर्को पक्षलाई दिए राम्रो नहुने भन्दै पटक पटक धम्क्याएको स्रोतको दावी छ। ‘मैले सचिव हुँदा नै तिमीलाई प्रमुख आयुक्त बनाएको हुँ, मेरो पक्षमा निर्णय भएन भने तिम्रो पनि खैरियत छैन भन्दै बालुवाटारमा बोलाएर धम्क्याएका थिए। कानून, विधि अनुसार निर्णय गर्दा ओली पक्षले न त निर्वाचन चिन्ह पाउने अवस्था छ, न त पार्टीको नाम नै। सोही भएर उनले पटक पटक प्रमुख थपलियालाई धम्क्याएर आफनो पक्षमा निर्णय गर्न दबाब दिईरहेको स्रोतको दावी छ।

    बालुवाटारमा ओली र प्रमुख निर्वाचन आयुक्त थपलियाको सम्वाद सुनेका ओलीका एक सल्लाहकारका अनुसार जसरी भएपनि मेरो पक्षमा निर्णय गर, होइन भने तिमीलाई समेत राम्रो हुँदैन भनेर प्रधानमन्त्रीले जोड दिएरै भन्नुभएको छ। त्यसकारण सूर्य चिन्ह र पार्टीको नाम अब हामीले नै पाउने अवस्थाको सिर्जना भएको छ।

    ओलीले पार्टीको नाम र चुनाव चिन्ह नपाएपछि उनीहरुको हैसियत आरके मैनालीको भाषामा सिपीको माले भन्दा ठूलो नहुने अवस्था छ। साविकको ४४१ केन्द्रीय सदस्य मध्ये प्रचण्ड माधवकुमार नेपालले नेतृत्व गरेको संसथापन नेकपामा ३१५ जना केन्द्रीय सदस्य रहेका छन्। पार्टीको आधिकारिता माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टीले पाउने भएपछि ओलीको विभिन्न हत्कण्डा अपनाउन थालेका छन्। सोही तथ्य थाहा पाएका ओलीले प्रमुख निर्वाचन आयुक्तलाई धम्क्याउन थालेको स्रोतको दावी छ।

    यस्तै, ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रमुख आयुक्त डा. गणेशराज जोशीलाई समेत माओवादी कोटामा जागिर खाने, मेरो विरुद्ध लाग्ने भन्दै धम्क्याएका छन्। ओलीले माओवादीका नेतालाई भ्रष्टाचारीको आरोपमा पक्राउ गर्न दबाव दिएका थिए। प्रमाण नै नपुगी कोही कसैलाई पनि पक्राउ गर्न नसकिने जवाफ आएपछि ओलीले डा. जोशीलाई समेत एकाध महिना जागिर भएकाहरुले फुई नलगाए हुन्छ भन्दै धम्क्याएको स्रोतको दावी छ।

    यस्तै, प्रमुख आयुक्तमा नियुक्ती नै नभई ओलीका खास मान्छे भनिएका प्रेम राईले अख्तियारका केही कर्मचारीलाई बोलाएर छलफल गर्न थालेका छन्। अब मैले प्रधानमन्त्री ओलीको योजनालाई कार्यान्वयन गर्नुपर्छ। जसरी भएपनि उनलाई सफल बनाउनु छ भन्दै राईले अब नियमित रुपमा आफूलाई जानकारी दिन अख्तियारका कर्मचारीलाई निर्देशन नै दिएको उनी निकटस्थहरुले बताउन थालेका छन्।

    ओलीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएकाले त्यसलाई कार्यान्वयन गर्नु आफनो कर्तव्य भएको भन्दै केही फाइल आफूकहाँ ल्याउन भनेको पनि श्रोतले दाबी गरेको छ। नेपाल आयल निगमको जग्गा खरिदमा झण्डै रु एक अर्ब बराबरको भ्रष्टाचार गरेका राईलाई सो फाइल तामेलीमा राख्न लगाएर प्रमुख आयुक्तमा नियुक्ति गरिएको हो। आफना विरोधीलाई ठेगान लगाउने ध्येयका साथ ओलीले राईलाई प्रमुख आयुक्त बनाएको तथ्य समेत कोही कसैबाट छिपेको छैन। सो विषयमा बुझन पटक पटक राईलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्। सफल खबरबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology