नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधब)पक्षको मंगला गाउँपालिका वडा नम्बर ३/४ स्तरिय कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम आज बंरजामा सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम नेकपाका गण्डकी प्रदेश कमिटीका सदस्य टेक बहादुर बिक(शुबास) ले केपी वलीले आफ्नोसरकार संचालनमा देखिएको असक्षमता लुकाउनका लागी असंबैधानिक कदम चालेर संसद बिघटन गरेको र यो कदम पु्र्णता प्रतिगमनकारी भएको ले उक्त असंबैधानिक कदमको बिरुद्द सबै पार्टीका सदस्यहरु एकजुट भै प्रतिबादमाउत्रिनु पर्ने जनाउनु भएको छ।
नेकपा (प्रचण्ड माधब)पक्षका अधिकॅाश अगुवा कार्यकर्ता सहभागी उक्त कार्यक्रममा पछिल्लो संसद बिघटन यसबाट हुन गएको पार्टी बिभाजनको सन्दर्भमा कार्यकर्ताहरुलाई प्रकाश पारिएको थियो।
कार्यक्रम नेकपा मंगला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मोहन सापकोटाको अध्यक्षता वडा नम्बर ४ का सचिब उमेश बिकको संचालन तथा वडा नम्बर ३ का सचिब कर्ण गिरीको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्यक्रममा नेकपा जिल्ला सदस्य याम रोका,मॅगला गाउँपालिका ३ का वडा अध्यक्ष ओम रोका मनथजाली,दलबिर पुन,श्याम थापा शहिद परिवारको तर्फ बाट कृष्ण परियार लगाएतले मनतब्य राख्नु भएको थियो।