Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको मालिका गाउँपालिका दिच्याम गाउँमा बिजुली बल्यो

म्याग्दीको मालिका गाउँपालिका दिच्याम गाउँमा बिजुली बल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १०:०९:१५ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीको मालिका गाउँपालिका दिच्याम गाउँमा बिजुली बल्यो

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । साविक दरवाङ गाविसको ७, ८ र ९ वडामा पर्ने दिच्यामका सबै बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएको हो । यसअघि साविक ९ नं वडाको बस्तीमा बलेको बिजुली वडा नं ८ को बस्तीमा पनि विस्तार गरिएको वडा सदस्य कर्णबहादुर रोकाले बताए ।

    images

    साविकको वडा नं ७ को बस्तीमा एक वर्षअघि नै बिजुली बलेको थियो । बाँकी ७९ घरमा पनि विद्युतीकरण भएपछि दिच्यामका सबै बस्तीमा बिजुली बलेको वडा सदस्य रोकाले बताए । नेपाल विद्युत् प्राधिकरणको योजनाअनुसार विद्युतीकरण भएको हो ।

    दिच्याममा विद्युत् विस्तार गर्न दुई ट्रान्सफर्मर राखिएको छ । दरवाङबाट गोगनपानी हुँदै दिच्याममा विद्युत् लाइन विस्तार गरिएको हो । यसअघि दिच्यामका बासिन्दाले उज्यालोका लागि सोलार, पेल्ट्रिक सेट र टुकी बाल्ने गरेका थिए ।

    विद्युत् सुविधासँगै स्थानीयवासीको दैनिकीमा सुधार आउने र जनजीवन सहज बन्ने अपेक्षा गरिएको दिच्यामको भगवती आधारभूत विद्यालयका प्रअ जगत खत्रीले बताए । विद्युत् सुविधा भएपछि टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, घरायसी काम गर्न र विद्यार्थीलाई पढ्न सहज भएको छ ।

    कम्प्युटर, ल्यापटप चलाउन सजिलो भएको छ । सूचना प्रविधिमा पनि पहुँच बढेको छ । दाउराको विकल्पमा राइसकुकरमा खाना पकाउने सुविधा भएको छ । धुँवाबाट बच्ने र समयको बचत भएको छ । बिजुलीको झिलीमिल भएपछि दिच्यामवासीमा खुशीयाली छाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology