नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली भष्मासुर भएको टिप्पणी गरेका छन् ।
सिराहामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भष्मासुर, अहंकारी र घमण्डीको दोस्रो नाम ओली भएकाले उनले कसलाई कतिखेर भष्म पार्छन् थाहा छैन त्यसैले उनको पछि नलाग्नुस् नेपालले भने ।
उनले महाभारतको कथा जोड्दै युधिष्ठीर भएको भए धर्मको शासन हुन्थ्यो तर ओली दुर्योधन भएकाले वंशकै नाश हुने भएकाले उनी पार्टीको नेतृत्व गर्न लायक समेत नरहेको बताए ।
पुष ५ गते संसद विघटन र पार्टी विभाजन पछि दुबै पक्षका नेताहरु एक अर्कामाथि आरोप पत्यारोपमा सक्रिय रहेका छन् ।