Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय सैनिकले पक्रियो लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेना

भारतीय सैनिकले पक्रियो लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २६, २०७७ आइतवार • १०:५२:३४ बजे
  • 2.7K
    SHARES
  • भारतीय सैनिकले पक्रियो लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेना
    भारतीय सैनिकले लद्दाकको सीमामा वारि आएका चिनियाँ जनमुक्ति सेनाका एक जनालाई पक्राउ गरेको छ।

    पूर्वी लद्दाकको चुसुल सेक्टरबाट शुक्रबार ती सैनिकलाई पक्राउ गरिएको हो।

    लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेपछि चिनियाँ सैनिकलाई समातिएको र उनीमाथि पुछताछ भइरहेको भारतीय सैनिक अधिकारीहरूले जानकारी दिएका छन्। भारतीय सेनाले दोभाषेको सहायतामा उनी जासुसी मिसनमा सीमावारि आएका हुन् कि झुक्किएर भन्नेबारे सोधपुछ गरेको हो।

    सोधपुछपछि उनलाई चिनियाँ सैनिकलाई जिम्मा लगाइने छ।

    यसअघि गत अक्टोबरमा पनि भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको थियो।
    गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। सो झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले पछि रिहा गरेको थियो।

    भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

    सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो। पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology