Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्वप्रधानन्यायाधीशहरुले संसद विघटनको विषयमा राय नदिएर फिल्म समिक्षामा राय दिनुपर्ने हो : योगेश भट्टराई

पूर्वप्रधानन्यायाधीशहरुले संसद विघटनको विषयमा राय नदिएर फिल्म समिक्षामा राय दिनुपर्ने हो : योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १९:४०:१० बजे
  • 1.4K
    SHARES
  • पूर्वप्रधानन्यायाधीशहरुले संसद विघटनको विषयमा राय नदिएर फिल्म समिक्षामा राय दिनुपर्ने हो : योगेश भट्टराई

    नेकपा प्रचण्डमाधव समूहका नेता तथा पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीशहरुले संसद विघटनको विषयमा राय नदिएर फिल्म समिक्षामा राय दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय सर्वोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकास लिएका पूर्वन्यायमूर्तिले अदालतलाई धम्क्याउने शैलीमा बोल्न नहुने भनेको विषयमा प्रतिक्रिया दिँदै नेता भट्टराईले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

    सत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल्न चेतावनी दिँदै भट्टराईले ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने श्रीमानहरुनै भएको भन्दै साहस र इमानको इतिहासले सम्मान गर्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology