Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनेरास्ववियूले आयोजना गरेको बयलगाडा प्रदर्शन

अनेरास्ववियूले आयोजना गरेको बयलगाडा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७७ आइतवार • १९:४३:०३ बजे
  • 3.0K
    SHARES
  • अनेरास्ववियूले आयोजना गरेको बयलगाडा प्रदर्शन

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आयोजना गरेको बयलगाडा प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै बयलगाडा प्रर्दशनमा प्रहरीले लाठी चार्ज गरेको हो ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनेरास्ववियूले निरन्तर रुपमा विरोधको कार्यक्रम गर्दै आएको छ । त्यस्तै प्रचण्ड–माधव समूहको नेकपाले पनि सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेर विरोधको कार्यक्रमहरु गरिरहेको छ ।

    अनेरास्ववियूले दोस्रो चरणको कार्यक्रम अन्तरगत आज बयलगाडा प्रर्दशन गरेको हो । गणतन्त्र प्राप्तिको आन्दोलन चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चडेर अमेरिका जानु जस्तै हो’ भन्ने अभिव्यक्ति दिएका थिए । तर, ओली गणतन्त्र आएपछि दुई पटक प्रधानमन्त्री बनीसकेका छन् ।

    अनेरास्ववियूले काठमाडौं उपत्यकामा मात्र माइतीघर, पाटन र भक्तपुरमा गरि तीन ठाउँमा बयलगाडा प्रर्दशन गरेको छ । पाटन क्याम्पसबाट बयलगाडासहित प्रदर्शन गर्न खोज्दा भने प्रहरीले हस्तक्षेप गरी गाडा नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology