Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो वर्षको अन्तिमसम्ममा कोभिड-१९को सफल खोप आउने

यो वर्षको अन्तिमसम्ममा कोभिड-१९को सफल खोप आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • १५:५६:५५ बजे
  • 1.7K
    SHARES
  • यो वर्षको अन्तिमसम्ममा कोभिड-१९को  सफल खोप आउने

    मयूरपाटी -विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड-१९) को हजारौं डोज उपलब्ध हुने बताएको छ ।

    images

    यसबाट निकै कमजोर र सबैभन्दा प्रभावित मानिसहरुलाई बचाउन सकिने बताएको छ ।
    अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । तर, डब्ल्यूएचओकाी वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको बताएकी छिन् ।

    स्वामीनाथनलेले खोप निर्माण गर्नु एक जटिल काम रहेको बताउँदै यस विषयमा धेरै आशंका र धेरै राम्रो कुराहरु पनि हुने गरेको बताइन् ।

    उनले एकपटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास गर्ने तर हार नमान्ने उनको भनाइ छ । उनले सबैकुरा सही चल्दै गएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् ।

    सुरुमा यो खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र सबैभन्दा गम्भीर बिरामीहरुलाई दिइने स्वामीनाथनको भनाइ छ ।

    स्रोत :बीबीसी

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology