Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगे

ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • ०९:५०:२१ बजे
  • 1.2K
    SHARES
  • ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगे

    पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका नेकपा ओली समूहले पुनः केन्द्रीय सदस्य थपेको छ ।ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको हो ।

    images

    ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।

    ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

    पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएको अपानिमा भनिएको छ । अब अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ ।

    केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिँदै तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा शतप्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्न भनिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology