Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी हुन हातखुट्टा सुन्निने समस्याबाट बच्ने उपाय  

यी हुन हातखुट्टा सुन्निने समस्याबाट बच्ने उपाय  

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १३:०८:५६ बजे
  • 2.7K
    SHARES
  • यी हुन हातखुट्टा सुन्निने समस्याबाट बच्ने उपाय  

    चिसो मौसममा छालमा देखिने विभिन्न समस्यासँगै हातगोडा फुट्ने जस्ता समस्या देखिन्छन । यसबाहेक हातखुट्टा सुन्निने, खुला छाला चिसो हुने, रातो फोका आउँने, छालामा निलो, रातो डाम देखिने समस्या देखिन्छन जसलाई पर्निओसिस भनिन्छ । यस्तो समस्या पुरुषमाभन्दा महिलामा बढी देखिने गर्छ । 

    images

    घरमा काम गर्ने बढी भाडा माझ्नुपर्ने, लुगाधुने वा पानी धेरै चलाउनुपर्ने महिलामा यो समस्या बढी मात्रामा देखिन्छ । बिहान स्कुल तथा कलेज जानेहरुमा पनि यो समस्या धेरै हुन्छ । हातखुट्टा, कान, नाक, गाला लगायत कपडाले नछोपिने भागमा पार्निओसिसको असर बढी देखा पर्छ ।  

    कुनै निश्चित उमेर समूहभन्दा पनि धेरै चिसोपानी चलाउने र चिसो हावामा हिँड्दा यो समस्या हुन्छ  ।

    पोर्निओसिस हुने कारण 

    चिसोमा रक्तसञ्चार नली खुम्चिएर रक्तसञ्चारमा कमी आई छालाको रङ परिवर्तन हुन्छ । लुपस बाथको बिरामीलाई पनि यो समस्या हुन्छ । नसा खुम्चिएर रक्तसञ्चारमा अवरोध आई रगत बग्ने, सानासाना नलीहरु खुम्चिन्छन् ।

    रक्तसञ्चारमा गडबडी मुटुरोगका बिरामीमा बढी देखिन्छ । कुनै–कुनै मानिसलाई एलर्जीको कारण पनि यो समस्या देखिने गर्छ ।

    लक्षण 

    – सुरु हुँदा चिलाउने, सुन्निने निलो, रातो डाम देखिने हुन्छ । 

    – कपडाले नछोपिएको शरिरको विभिन्न भागमा चिलाउने हुन्छ । 

    – चिसो लागेको भागमा चिलाउनुका साथै पोल्ने, सुन्निने, दुख्ने, घाउ हुने हुन्छ ।  

    – बिस्तारै छालाको रङ परिवर्तन हुन्छ, छाला रातो र गाढा निलो हुने गर्छ । 

    – छालामा पानीको फोका आउने गर्छ । 

    – त्यसलाई स्याहार नगरेमा बिस्तारै फोका फुटेर घाउ हुने गर्छ ।

    – यदि समयमा उपचार गरिएन भने हातखुट्टाका औंला झर्न सक्छ ।

    – बंशाणुगत रुपमा पनि सरेर आउने हुन्छ ।

    बच्ने उपाय  

    जाडोको समयमा यस्तो समस्या देखा पर्नेहरुलाई हरेक जाडो याममा पोर्निओसिसको समस्या दोहोरिने गर्छ । एक पटक उपचार गरेर निर्मूल पार्न सकिन्न ।  यो समस्यालाई घरमा नै उपचार गर्न पनि सकिन्छ । 

    – चिसो पानी नचलाउने

    – तातो पानी मात्रै प्रयोग गर्ने

    – चिसो हावाबाट जोगिने, मोजा पञ्जा लगाएर बस्ने 

    – घरमा बस्दा खुला कोठामा हिटर बालेर वा आगो तापेर न्यानो भएर बस्ने 

    –  नियमित रुपमा हातमा मोस्चराईजिङ क्रिम लगाउने 

    उपचार 

    चिसोबाट बच्नु नै यसको उपचार हो । यदि चिसोबाट जोगाउँदा पनि समस्या कम भएन भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । डाक्टरको सल्लाहअनुसार खाने र लगाउने औषधिको प्रयोग गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology