निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ ।
निर्वाचन प्रक्रिया अगाडि सुरु गरेर सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न खेजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल समूह आयोग पुगेको हो ।
आयोगले पुस १७ गते पठाएको प्रत्रप्रति आपत्ति जनाएको प्रचण्ड–नेपाल समूहलाई अयोगले पुनः २३ मा सातदिन भित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधासभा विघटन गरी मध्यावधि निर्वाचनका लागि वैशाख १७ र २७ गते मिति तोकेको थियो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजन भएको छ ।
प्रचण्ड–नेपाल समूहले आधिकारिक नेकपा आफू नै भएको दावी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रचण्ड–नेपाल समूहले चरणवद्ध संघर्षको आन्दोलन गरिरहेको छ ।