Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बारामा उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्वबियूको कालो झण्डा

बारामा उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्वबियूको कालो झण्डा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २७, २०७७ सोमवार • १९:१५:३३ बजे
  • 1.6K
    SHARES
  • बारामा उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्वबियूको कालो झण्डा
    बारा । बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई अनेरास्वबियूले कालो झण्डा देखाएको छ ।

    सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।


    कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्रहरीले पक्राउ गरेको अखिलका नेता सूर्यनारायण साहले जानकारी दिए ।

    विद्यार्थीहरुले असंवैधानिक ढंगले संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री बन्नकै लागि गलत कार्यमा समर्थन र सहयोग गरेको भन्दै विरोधस्वरुप कालोझण्डा देखाइएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कालो झण्डा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology