Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बाढी,पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बाढी,पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • १६:०६:२१ बजे
  • 1.3K
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बाढी,पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी–पहिरोका कारण कास्की, तनहुँ, लमजुङ र बागलुङमा भएको ठूलो जनधनको क्षतिले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री गुरुङले बाढी–पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन् । यस्तै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले बेपत्ता र विस्थापितहरुको उद्धारमा जुट्ने सबैमा धन्यवाद प्रकट गरेका छन् ।

    images

    मुख्यमन्त्री गुरुङले बाढी तथा पहिरोमापरि परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत, पुनर्स्थापना एवं पहिरोका कारण जोखिममा परेको वस्तीको संरक्षणमा लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology