Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन्दर बेहुलीको स्वरुपमा बनाइएको महँगो केक,मूल्य १२ करोड रुपैयाँ

सुन्दर बेहुलीको स्वरुपमा बनाइएको महँगो केक,मूल्य १२ करोड रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • ०७:१२:५९ बजे
  • 2.1K
    SHARES
  • सुन्दर बेहुलीको स्वरुपमा बनाइएको महँगो केक,मूल्य १२ करोड रुपैयाँ
    एजेन्सी/ यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो । सन् २०१९ मा तयार भएको उक्त केकले विश्वको सबैभन्दा महँगो केकको रुपमा राखेको कीर्तिमान अहिलेसम्म तोडिएको छैन । दुबईका सेलिब्रेटी केक डिजाइनर डेबी विंघमले उक्त केक तयार गरेका हुन् ।
    यो केक यस अर्थमा पनि विशेष थियो कि यसको स्वरुप अन्य आम केकको जस्तो थिएन । उक्त सुन्दर ब्राइडल केक एक सुन्दर बेहुलीको स्वरुपमा थियो । उक्त केकको तस्वीर हेर्दासमेत त्यो केक नै हो भनेर अनुमान गर्नै गाह्रो पर्दछ । यो अनौठो तथा अद्वितीय केक तयार पार्नका लागि १० दिनको समय लागेको थियो । साथै यसमा कैयन् महंगा चिजहरुको प्रयोग गरिएको थियो ।
    त्यो केकमा १ हजार दाना मोती, ५००० वटा फूल, १ हजार वटा अण्डाका साथै २५ किलो चकलेटको प्रयोग गरिएको थियो भने केकको कूल तौल १ सय २० किलो थियो । केकको उचाइ १८२ सेन्टिमिटर थियो । यो केकले मात्र होइन यसका निर्माता डेबी विंघमले विश्वकै सबैभन्दा महँगो केक बनाउने कीर्तिमान समेत कायम गरेका थिए । दुबईमा आयोजित बिहे प्रदर्शनीका क्रममा सो केक पेश गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology