नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पोखरा आउन करिब चार घण्टा ढिलाई भएको छ ।
अध्यक्षद्वयको प्रमुख आतिथ्यतामा हुने गण्डकी प्रदेश स्तरीय भेला कार्यक्रमका लागि बिहान ८ बजे पोखरा आउने कार्यक्रम तय भएपनि मौसम खराबीले गर्दा पौने १ बजे काठमाडौंबाट जहाज उडेको छ ।
मौसमका कारण दुई अध्यक्षसहित नेताहरु आउन ढिलाई भएको नेकपा कास्कीका अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए । ‘अहिले मौसम सफा हुँदै गएको छ, अध्यक्षसहित नारायणकाजी श्रेष्ठ लगायत नेताहरु काठमाडौंबाट उड्नुभएको छ’ उनले भने ।
पोखराको एसआर क्याटरिङमा गरिएको कार्यक्रमका लागि प्रचण्ड र नेपालले विशेष प्रशिक्षण तथा सम्बोधन गर्ने कार्यक्रम छ ।
बुद्ध एयरको जहाजबाट नेताहरु पोखरा लागेका छन् । बिहान ११ बजेका लागि बोलाइएका कार्यकर्ताहरु भने तितरवितर हुन थालेको कार्यक्रम स्थलमा रहेका सुरक्षाकर्मीहरुले बताएका छन् ।