Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जबज त्याग्ने ओली हुन् : प्रचण्ड

जबज त्याग्ने ओली हुन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १६:५९:५९ बजे
  • 2.4K
    SHARES
  • जबज त्याग्ने ओली हुन् : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ।

    images

    प्रचण्ड-माधव समूहद्वारा गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ।

    पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको बताए । त्यससमयमा माधव कुमार नेपालले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेको पनि प्रचण्डले खुलाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology