Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाइजरको कोरोना खोप लगाएको १६ घण्टामा डाक्टरकै मृत्यु

फाइजरको कोरोना खोप लगाएको १६ घण्टामा डाक्टरकै मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १९:२५:४९ बजे
  • 1.6K
    SHARES
  • फाइजरको कोरोना खोप लगाएको १६ घण्टामा डाक्टरकै मृत्यु

    अमेरिकाले फाइजर कम्पनीले जर्मन बायोएनटेकसँगको सहकार्यमा बनाएको कोरोना भ्याक्सिन अमेरिकामा स्वीकृत भएर प्रयोगमा आइसकेको छ । अमेरिकामा यो खोपको आम मानिसमा प्रयोग भइरहेको छ ।

    images

    तर, फाइजरको उक्त खोप लगाएको तेस्रो सातामा एक डाक्टरको मृत्यु भएको छ । अमेरिकाको दक्षिण फ्लोरिडामा ५६ वर्षीय डा. ग्रोगरी माइकलको खोप लगाएको १६औँ दिनमा निधन भएपनि फाइजरको खोपमाथि शंकाहरु उत्पन्न भएका छन् ।

    यस विषयमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले अनुसन्धानको लागि एउटा टिमनै बनाएको छ । डाक्टरको मृत्यु प्रकरणमा फाइजर आफैले पनि सुक्ष्म अध्ययन सुरु गरेको छ ।

    फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आम प्रयोगको लागि स्वीकृत गरेको थियो । यसअघि पनि फाइजरको खोपको सामान्य साइड इफेक्टहरु देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology