पर्सा जिल्लाको वीरगन्जमा आज संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखिरहेको जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताए । आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको अध्यक्ष यादवले ठोकुवा गरे । यस्तो संकटमा चुनाव हुनै सक्दैन भन्दै जबरजस्ती चुनाव गराइयो भने त्यो चुनावको वैधानिकता र विश्वनीयता नै नहुने उनले बताए । उनले संसद पुनस्थापना हुने पनि विस्वास व्यक्त गरे ।
यादवले ओलीको असंवैधानिक कदमले देशभित्रकै प्रतिगमनकारी शक्तिहरुको अघोषित सा“ठगा“ठ रहेकाले अहिले लोकतन्त्र खतरामा परेको बताउनु भयो । लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एकजुट भएर प्रतिगमनकारी कदमलाई खारेज गराउनु नै आजको आवश्यकता रहेको उनले बताए ।
ओलीले बैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा गर्दै संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रधानमन्त्री ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताए ।यता प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णका अनुसार पार्टी भित्रै बिवाद भएको कारण हाल चुनाव हुन नसक्ने बताए । नेता कर्णले संसद पुनस्थापना हुने पनि दाबी गरे ।
संघीय प्रेस फोरम पर्साका अध्यक्ष आर के पटेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा जसपाका कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सुनिल रोहित , विघटित प्रतिनिधिसभाका सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनीयार , जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको पनि उपस्थिती रहेको थियो ।