Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाका कारण दुई मन्त्रीको निधन

कोरोनाका कारण दुई मन्त्रीको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७७ मंगलवार • १९:४७:४० बजे
  • 3.0K
    SHARES
  • कोरोनाका कारण दुई मन्त्रीको निधन

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् ।

    images

    उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

    पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ । एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो ।

    सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा रहेका थिए । मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरुको सूचीमा परेको छ । दक्षिण अफ्रिकाबाट आएकाहरु बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरुले जनाएका छन् । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology