Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै

संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • ११:२६:३८ बजे
  • 2.1K
    SHARES
  • संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै
    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको संबैधानिक इजलासमा आज तेश्रो पटक सुनुवाइ हुन लागेको हो ।

    गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाधिश हरिकृष्ण कार्कीले यस मुद्दामा आफु नबस्ने घोषणा गरेका थिए ।


    मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित रिट निवेदकहरुले याचिका दर्ता गराएका छन् ।
    यस अघि कानुन व्यवशायीका साथै पूर्व प्रधानन्यायधीशहरुले समेत संसद विघटन असंवैधानिक भएको सार्वजनिक प्रतिकृया दिएका थिए ।
    त्यसले राजनीतिक क्षेत्रमा समेत तरंग पैदा गरेको छ । प्रतिनिधि सभा विघटन बिरुद्ध परेको रिटका आधारमा सर्वोच्चले संविधानको ब्याख्या गर्दै ससद पुनस्थापना गर्नेमा आन्दोलनरत दलहरु विस्वस्त देखिन्छन् ।  प्रधानमन्त्री ओली कुनै पनि हालतमा सर्वोच्चले संसद पुनस्थापित नगर्ने भन्दै चुनावको तयारीमा लाग्न भन्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology