Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको ४४१ बहुमत जाेसँग छ, नेकपा र चुनाव चिन्ह उसैले पाउँछ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

नेकपाको ४४१ बहुमत जाेसँग छ, नेकपा र चुनाव चिन्ह उसैले पाउँछ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • १६:४६:५० बजे
  • 1.6K
    SHARES
  • नेकपाको ४४१ बहुमत जाेसँग छ, नेकपा र चुनाव चिन्ह उसैले पाउँछ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक मान्यता र सूर्य चुनाव चिन्ह कसले पाउँछ? प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधवकुमार नेपाल पक्ष अलग(अलग भएपछि अहिले एकले अर्कोले आफूहरुले पाउने दावी गरिरहेका छन्।

    यसै सन्दर्भमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को वैधानिकता निक्र्यौल हुने बताएका छन्।

    images

    उप्रेतीले हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानूनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताएका हुन्।

    नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उप्रेतिले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताएका थिए।

    प्रचण्ड–नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology