Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ज्यान मार्ने उद्योगमा बागलुङ ढोरपाटन ४ खुंगाका वडाध्यक्ष पुन पक्राउ

ज्यान मार्ने उद्योगमा बागलुङ ढोरपाटन ४ खुंगाका वडाध्यक्ष पुन पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २९, २०७७ बुधवार • २०:१०:११ बजे
  • 1.2K
    SHARES
  • ज्यान मार्ने उद्योगमा बागलुङ ढोरपाटन ४ खुंगाका वडाध्यक्ष पुन पक्राउ
    बागलुङको ढोरपाटन नगरपालिका-४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

    पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

    विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।

    विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताउनुभयो ।रासस

  • सम्बन्धित विषय:

  • # वडाध्यक्ष पुन पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology