Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अचम्मको परम्परा : जहाँ पुरुषले जोकोहीसँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न सक्छ

अचम्मको परम्परा : जहाँ पुरुषले जोकोहीसँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न सक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • २०:२०:४३ बजे
  • 3.1K
    SHARES
  • अचम्मको परम्परा : जहाँ पुरुषले जोकोहीसँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न सक्छ

    संसारका अलग–अलग क्षेत्रमा कयौं प्रकारका परम्पराहरू हुन्छन्, जसका बारेमा सुन्दा पनि अचम्म लाग्छ । समाजमा महिनावारी र सम्भोगका विषयमा कयौं मान्यता र रहस्यहरू हुन्छन् । यस्तै अचम्मको परम्परा छ, पपुआ न्यू गिनीमा ।

    images

    पपुवा न्यू गिनीलाई महिलाहरूका लागि संसारकै सबैभन्दा खतरनाक देश मानिन्छ । किनकि यहाँ महिलालाई यौन सम्पर्कका लागि पशुसरह व्यवहार गरिन्छ । यहाँ पुरुष नै सर्वोपरी छन् । उनीहरू जोकोही महिलासँग जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्न स्वतन्त्र छन् । चाहे त्यो बालिका उमेरको होस् वा वृद्धा, महिनावारी भएको अवस्थामा होस् वा गर्भवती भएका बेला ।

    यस परम्पराका विषयमा युनिसेफजस्ता संस्थाले पनि दुःख दर्शाएको छ । एक तथ्याङ्कअनुसार पपुआ न्यू गिनीमा ८० प्रतिशत महिलाहरू बलात्कार तथा यौन हिंसाको शिकार हुन्छन् । यहाँ बसोबास गर्ने जनजातिमा सम्भोगका विषयमा फरक तरिकाको परम्परा छ ।

    यहाँ पुरुषले आफ्नो चाहनाअनुसार जोकोहीका साथ जस्तोसुकै अवस्थामा पनि सम्भोग गर्नसक्छ, सम्भोगका लागि यहाँ उमेरको सीमा हुँदैन । यस जनजातिमा पूरा जिम्मेवारी महिलाको हुन्छ ।

    यदि, कसैसँग सम्पर्क राखेर होस् वा कसैबाट बलात्कृत भएर होस्, गर्भवती भएमा ती महिलाले नै त्यसको जिम्मेवार हुनुपर्छ । आमा बनेको खण्डमा पनि पिता वा बलात्कारी यसको जिम्मेवार हुँदैन । आमाले नै बच्चाको पालन–पोषणको जिम्मा लिनुपर्छ ।

    सामान्यताः महिलाहरू महिनावारीको समयमा सम्भोग गर्न रुचाउँदैनन् वा मनाही गर्छन् । तर, यहाँ भने यस्तो केही हुँदैन । यहाँ पुरुषको इच्छाअनसार उनीहरू यौन सम्पर्कका लागि तयार हुनुपर्छ । महिलाको अवस्था जस्तोसुकै होस्, पुरुषले जहाँ पनि उसलाई सम्भोग गर्न सक्छ ।

    यस जनजातिको अचम्मको परम्परालाई लिएर मानवअधिकार संस्थाहरूका साथै युनिसेफजस्ता संस्था पनि दुःख दर्शाएको छ । –जीन्यूजइन्डियाबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology