Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देउवा र प्रचण्ड–माधवबीच गोप्य भेट

देउवा र प्रचण्ड–माधवबीच गोप्य भेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • ०९:४०:५३ बजे
  • 2.3K
    SHARES
  • देउवा र प्रचण्ड–माधवबीच गोप्य भेट

    प्रतिनिधिसभा विघटनपछि चर्को संघर्षमा रहेका नेकपाका प्रचण्ड–माधव समूह र प्रतिपक्षी कांग्रेस सभापतिबीच गोप्य भेटवार्ता भएको छ ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाले कांग्रेस सभापति देउवालाई भेट गरी संघर्ष र सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

    images

    प्रतिनिधिसभा पुनस्र्थापनाका लागि संयुक्त संघर्ष गर्नुका साथै पुनस्थापित अवस्थामा प्रधानमन्त्री बन्नसक्नेसम्मको प्रस्ताव गरेका छन् । उनीहरुबीच बुधबार साँझ दुई घण्टा कुराकानी भएको थियो ।

    अध्यक्षद्वय प्रचण्ड–माधवको प्रस्ताव सुनेपछि सभापति देउवाले प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि छलफल गर्ने बताएका थिए ।

    देउवाले भने चुनावमा जानका लागि आफ्ना कार्यकर्तालाई आव्हान गरिसकेका छन् । भेटमा प्रचण्डले चुनावमा जानका लागि किन जोडबल गरेको ? भनेर सोधेका थिए । जवाफमा देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएपनि चुनाव लोकतान्त्रिक विधि भएको बताएको स्रोतले बताएको छ ।

    नेकपा राजनीतिक रुपमा विभाजित छ । नेकपासँग एक्लैसँग सरकार बनाउन बहुमत थियो । विभाजनपछि सरकार बनाउन कांग्रेसको साथ अनिवार्य हुन्छ । प्रतिनिधिसभा पुनस्र्थापित भयो भने पनि देउवा शक्ति केन्द्रमा हुनेछन् ।

    नेताहरु छलफलका क्रममा देउवाले फेरि नेकपा मिल्नेप्रति आशंका व्यक्त गरेका थिए । प्रचण्ड–माधवलाई कुनै भर नभएको समेत आरोप लगाएका थिए । देउवाले छलफलका क्रममा भनेका थिए, ‘तपाइहरुको कुनै भर छैन, अहिले एकथोक, भोलि अर्कोथोक । पहिले पनि धोका दिनुभएकै हो ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology