Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गोरु जुधाई

गोरु जुधाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १३:३३:२२ बजे
  • 3.1K
    SHARES
  • गोरु जुधाई
    सिंग भएका गोरुहरु कहिलेकाही जुधाएर
    सिंग नभएका गोरुहरु बर्षैभरी जुध्ने देश हो यो।

    घाँस खाने गोरुहरु त जन्मजातका पशु नै भए।
    भात खाने गोरुहरु देख्दा पो दिक्क लाग्छ।
    अनि मनमनै सोच्छु
    कहिल्यै हारजित नहुने
    कुर्सिका लागि बार्है मास बार्है काल जुधि मात्रै रहने
    गोरुहरुलाई बाँधेर घाँस हालुँहालुँ लाग्छ।

    कोहि अस्तित्वका लागि जुधेका छन् 
    कोहि सह-अस्तित्वका लागि।
    जुध्ने प्राकृतिक सिंग छैनन यिनिहरु संग
    तर पनि 
    कोखा भित्र उमारिएको दार्हा
    काखिका भुत्ला,
    छातिका रौं
    ओठ माथिको जुँगा भिडाई रहेकाछन् ।

    कहिले देश बन्धक बनाएर जुध्छन
    कहिले झण्डा लिलाम गराएर जुध्छन

    कहिले रास्ट्र, रास्ट्रीयता र स्वाभिमान लुटाएर जुध्छन।
    घाँस खाने गोरुमा बरु इमानदारीता र नैतिकता भेटिएला।
    भात खाने गोरुहरुमा फिटिक्कै भेटिएन
    त्यसैले त कहिलेकाही सोच्छु
    भात खानेलाई जोतेर,
    घाँस खानेलाई पुँजौं पुँजौं लाग्छ।
    भात खानेलाई बांधेर घाँस हालौंहालौं लाग्छ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • # गोरु जुधाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology