नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका अध्यक्ष माधव कुमार नेपालले अब राष्ट्रले प्रधानमन्त्री केपी शर्मा ओलीको बोझ धान्न नसक्ने बताएका छन् ।
नेपाल बुद्धिजिवी संगठनको कार्यक्रममा बोल्दै नेपालले ओलीको अहिलेसम्मको सबै व्यवहार र कार्यकाल हेरिसकेपछि अब देशले ओलीको बोझ धान्न नसक्ने निष्कर्षमा पुगेको बताए । नेता नेपालले सरकारका विभिन्न कदमहरु अध्यादेशदेखि संसद विघटनसम्म आइपुग्दा बोझ धान्न नसक्ने अवस्थामा पुगेको बताए ।
पार्टीको आन्तरिक समिकरणमा पुष्पकमल दाहाल प्रचण्डसँगै रहेका नेपालले प्रचण्ड प्रधानमन्त्री ओलीभन्दा कयौँ गुणा असल भएको बताए । प्रचण्डसँग पञ्चायतविरुद्धको आन्दोलनदेखि नै सहकार्य रहेको भन्दै नेपालले आफ्नो र प्रचण्डसँगको सम्बन्धमा शंका नगर्न आग्रह गरे ।