Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जहाँ सय बर्षदेखि कुनै पनि मानिस पुगेको छैन (फोटो फिचर)

जहाँ सय बर्षदेखि कुनै पनि मानिस पुगेको छैन (फोटो फिचर)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १०:१९:४७ बजे
  • 2.1K
    SHARES
  • जहाँ सय बर्षदेखि कुनै पनि मानिस पुगेको छैन (फोटो फिचर)

    एजेन्सी । विश्वमा त्यस्ता कैयौं स्थान छन, जहाँ मानवीय उपस्थिति छैन । त्यस्ता स्थानहरु निकै रहस्यमयी पनि मानिन्छन । यहाँ त्यस्तो एक स्थानका बारेमा जानकारी दिन खोजिएको छ कि, जुन स्थानमा विगत सय बर्षदेखि कुनै पनि मानिस बसेको वा गएको छैन ।

    images

    फ्रान्सको उत्तरपूर्वी क्षेत्रमा रहेको ‘जोन रोग’ नामक स्थानमा विगत एक शताब्दीदेखि मानवीय आवादी छैन । यस क्षेत्रमा कुनै ब्यक्तिलाई जानका लागि पनि प्रतिबन्ध लगाइएको छ । यतिसम्मकी कुनै जनावरहरुलाई पनि त्यहाँ जान दिईंदैन ।

    जोन रोगका विभिन्न स्थानमा डेन्जर जोनको बोर्ड लगाइएको छ । फ्रान्स सरकारले यो स्थानलाई देशका अन्य स्थानहरुबाट अलग बनाउँदै पूर्ण रुपमा प्रतिबन्धित क्षेत्र घोषणा गरेको छ । यो स्थान रेड जोनको नामबाट पनि प्रख्यात छ ।

    पहिलो विश्वयुद्ध भन्दा अघि यो स्थानमा ९ वटा गाउँ थिए । त्यसबेला मानिसहरु यो स्थानमा खेती किसानी गरेर जीवन यापन गर्थे । तर प्रथम विश्वयुद्धमा यो स्थानमा अत्याधिक संख्यामा बम र गोला बारुदको अधिक प्रयोग भएको थियो । त्यस कारण यो क्षेत्रका सबै मानिसहरु मारिए भने यो पुरै क्षेत्र तहस नहस भयो ।

    अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यो क्षेत्र रशायनिक युृद्ध सामाग्रीले भरिभराउ रहेको छ । कुल ४६० बर्ग माइल क्षेत्रफल रहेको यो स्थानको पुरै भू–भाग विषाक्त बनेको छ । जसका कारण यहाँको पानी पनि विषालु पदार्थमा परिणत भएको छ । त्यसैले यहाँ जान फ्रान्स सरकाले प्रतिबन्ध लगाएको एटसल अब्स्कुराले जनाएको छ ।

    सन २००४ मा यहाँको माटो परीक्षण गरिएको थियो । त्यसक्रममा अत्यधिक मात्रामा आर्सेनिक तत्व पाइएको थियो । आर्सेनिक त्यस्तो विषालु पदार्थ हो, जसको थोरै अंश पनि मानव शरीरमा पुग्यो भने केही घण्टामा मानिसको मृत्यु हुन्छ ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology