Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बम बिस्फोट हुँदा अल्जेरियामा पाँच सर्वसाधारणको मृत्यु

बम बिस्फोट हुँदा अल्जेरियामा पाँच सर्वसाधारणको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १०:३६:२८ बजे
  • 1.9K
    SHARES
  • बम बिस्फोट हुँदा अल्जेरियामा पाँच सर्वसाधारणको मृत्यु
    एजेन्सी / अल्जेरियामा कार बम बिस्फोट भएको छ । बिस्फोटमा परि पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य तीन जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।

    अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । सने २००० मा सेनाको कारवाहीमा हजारौं सर्वसाधारणको मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology