नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आगामी माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । पेरिसडाँडामा बसेको स्थायी समिति बैठकबाट यस्तो निर्णय भएको नेता भीम रावलले जनाकारी दिए ।
यस्तै, प्रचण्ड-माधव समूहले प्रदेश नम्बर १ को नेतृत्व पनि टुङ्ग्याएको छ । उक्त समूहको प्रदेश १ अध्यक्षमा घनेन्द्र बस्नेत चयन भएका छन् । यस्तै सहइन्चार्जहरुमा राम (सुरेन्द्र) कार्की, राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।