Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७७ शुक्रवार • १९:४४:४० बजे
  • 2.9K
    SHARES
  • छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै
    एजेन्सी /आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकीरुसी ब्लगर मारिना बाल्मासेभाआमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृणाको पात्र बनेकी छिन् ।  सामाजिक सञ्जालमा निकै चर्चित यी ब्लगरका ५ लाखभन्दा धेरै फलोअर्स छन् ।


    ३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो । 
    त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु  एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए । 
    ‘मेरो छोरालाई उनले भड्काइन् । म घरमै भएका बेला पनि रासलिला गर्न उनीहरुलाई लाज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मोजमस्ती गरेको भए मैले सायद उनलाई माफी दिने थिएँ,’ बाबु सेभिरिनले भने ।  


    आफ्ना सौतेनी छोरालाई बाल्मासोभाले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला बाल्मासोभाको उमेर २२ वर्ष थियो । सोही समयदेखि आफु सौतेनी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइन् । आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्रीमान्सामु  आर्कषक देखिन उनले प्लास्टिक सर्जरी गरेको बताइन् । ‘यद्यपी, यहाँ एउटा के कुरा महत्वपूर्ण छ भने उनी मेरो दागसहितको अनुहारलाई देखेरै नै प्रममा परेका हुन्,’ उनले भनिन् ।  
    आफुले परिवारलाई तहसनहस गरेकोमा उनलाई केही पश्चाताप पनि छ । ‘मलाई यो कुरामा खेद लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मारें,’ उनले भनिन् । 

    यद्यपी, आफ्ना पूर्व श्रीमान्सँग नफर्कने उनले बताइन् । पूर्व श्रीमान्प्रति कुनै आक्रोश वा घृणा पनि बाँकी नरहेको उनले बताइन् । मारियाले भोभाका बाबुसँग बिहे गरेपछि कुनै समय उनीसँग मिलेर पाँचजना बालबालिकालाई आश्रय दिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # रोचक
  • # छोरासँग बिहे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology