Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ३, २०७७ शनिवार • १०:४८:३८ बजे
  • 1.4K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै
    संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

    गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ ।
    कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले देशभर संघीय संसदका निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology