Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघे

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ३, २०७७ शनिवार • १०:५८:०३ बजे
  • 1.1K
    SHARES
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघे
    अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको छ ।


    यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४१ लाख पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४२ लाख २६ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९४ लाख ७१ हजार ८२२ जनामध्ये २८ हजार ९३७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology