Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२०२१ मा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चिनियाँ विज्ञहरूको चेतावनी

२०२१ मा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चिनियाँ विज्ञहरूको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • ११:०८:३२ बजे
  • 1.3K
    SHARES
  • २०२१ मा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चिनियाँ विज्ञहरूको चेतावनी
    एजेन्सी/चिनियाँ विज्ञहरूको एउटा टोलीले सन् २०२० भन्दा २०२१ मा संसारमा कोरोनाभाइरसको प्रभाव बढी पर्ने चेतावनी दिएको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूले उक्त चेतावनी दिएका हुन् ।

    विश्वभर अहिलेसम्म ९ कराेड ३५ लाख ३६ हजारभन्दा बढी संक्रमित भएका छन् भने २० लाखभन्दा बढीकाे मृत्यु भइसकेकाे छ । सिडिसीका प्राध्यापक सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा चीन सरकार र नागरिकले महामारीको नयाँ झड्का अनुभव गर्नु पर्ने चेतावनी दिइएको छ ।


    सुलेले भनेका छन्- ‘महामारी कसरी अघि बढ्छ भन्ने अनुमान गर्न कठिन छ तर केही मोडलबाट निकालिने गणितीय आँकडाले व्यवहारिक सूचना दिन्छन् ।’ अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने पनि बताएकाे छ । अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology