Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खान नपाए पछि कंकालमा बदलिएको बालकको शरीर

खान नपाए पछि कंकालमा बदलिएको बालकको शरीर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • ११:५०:५१ बजे
  • 2.3K
    SHARES
  • खान नपाए पछि कंकालमा बदलिएको बालकको शरीर
    मानिसहरु कतिपयले अन्न नाश पारेर ओखाई पोखाई खान पाएका छन् । कुकुर जस्ता पाल्तु जनावारका लागि पनि खर्च उतिनै गरेका हुन्छन् । तर एक तथ्याकं अनुसार विश्वमा ८० देखि ९० लाख मानिसको खान नपाएर मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ ।

    भोकको शिकारमा नागरिक र बालबालिकाहरु सबै भन्दा धेरै अफ्रीकी मुलुकहरुमा रहेको बताईन्छ । अहिले यमनको एक बालकले ठूलो भोकको सामना गरीरहेका छन् । ती बालकको सात वर्षमा केवल सात किलो तौल रहेको छ । उनको तस्वीर यतिखेर विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा आईरहेका छन् ।

    फैयद समिम नामका ती बालक प्यारालाईसिस र कुपोषणको शिकार भएको समाचारमा उल्लेख छ ।
    उनलाई गंभीर अवस्थामा यमनको राजधानी स्थित एक अस्पतालमा भर्ना गरेर उपचार शुरु भएको रोयटर्सले जनाएको छ । यमनमा मात्रै बर्षेनी दशौं हजार मानिसको कुपोषणका कारण मृत्यु हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology