नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले व्यक्तिप्रधान नीति बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताए ।
पार्टी एकता नहुँदासम्म आफूहरु निकै पेलिएर बसेको भन्दै नेपालले एकतापछि बल्ल बाँचियो भन्ने लागेको बताए । ओलीमा आफू सबैभन्दा माथि हुनुपर्ने अहम् रहेका कारणनै पार्टीमा अहिलेको समस्या आएको बताए ।
नेकपा दाङको अगुवा कार्यकर्ता भेलामा बाेल्दै नेपालले कसैले माने पनि नमाने पनि ओलीले आफूलाई सबैभन्दा ठूलो व्यक्ति ठान्ने गरेका बताए । अब आफू र प्रचण्डबीच कुनैपनि समस्या नरहेकाले आफूहरु कहिल्यै नफुट्ने पनि नेपालले बताए ।