Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड–माधव पक्षले यही पुष ९ गते काठमाडौं केन्द्रीत बृहद जनप्रदर्शन गर्ने :विज्ञप्तिको पूर्णपाठ

प्रचण्ड–माधव पक्षले यही पुष ९ गते काठमाडौं केन्द्रीत बृहद जनप्रदर्शन गर्ने :विज्ञप्तिको पूर्णपाठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १९:३८:४० बजे
  • 1.3K
    SHARES
  • प्रचण्ड–माधव पक्षले यही पुष ९ गते काठमाडौं केन्द्रीत बृहद जनप्रदर्शन गर्ने  :विज्ञप्तिको पूर्णपाठ

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले यही पुष ९ गते काठमाडौं केन्द्रीत बृहद जनप्रदर्शन तथा सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

    images

    बैठकले पश्चात संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै बृहद् प्रदर्शनका लागि विभिन्न तयारीका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

    जारी विज्ञप्ति अनुसार माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ / संगठन आव्हान पनि गरेको छ । आजको बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।

    त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


    विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः–

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology